नयाँ वर्षको दिन मात्रै फुल्ने नेपालमै अनौठो फूल

लहान, बैशाख १ ।
सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा लाखौं रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको ।

सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष लाखौं नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फूल्ने यो चमत्कारलाई सलहेश फुलबारी मेला को रुपमा मनाउने गरिन्छ ।

नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फूलवारीमा अड्किन्छ । फूलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ । ‘एउटै रुखमा सोही स्थानमा उही आकृतिको फूल फूल्नु अलौकिक नै मान्नु पर्छ’ उनले भने ।, न्यूज अफ नेपालमा खवर छ ।