‘दीपक मनाङेको क्षेत्रमा चुनाव गर्न कानुन छैन’

पोखरा, असोज १७ ।
गण्डकी प्रदेशमा सुरुदेखि नै एकजना सांसद रिक्त छन् । मनाङ (ख) बाट निर्वाचित सांसद दीपक मनाङेलाई मुद्धा लागेर जेल पसेपछि यहाँको सांसद पद रिक्त रहेको हो । चुनाव भएको १ बर्ष बित्न लाग्दा समेत मनाङमा चुनाव गर्ने कुरा उठेको छैन । कहिलेकाहीँ प्रदेशसभामा सांसदले कुरा उठाएपनि केन्द्रिस सदनमा उपनिर्वाचनको कुरा उठ्दैन ।

पछिल्लो समय स्थानीय तहमा पनि पद रिक्त दिनहूँ बढ्दै गएको छ । स्थानीय तह र प्रदेश गरी २५ ठाउँमा पद रिक्त भैसकेको तथ्यांक छ । यद्यपी उपनिर्वाचनका लागि कानुन नभएको निर्वाचन आयोग बताउँछ ।

निर्वाचन आयोगले निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिने कानुनी व्यवस्था गर्न निर्वाचन आयुक्त इला शर्माले आग्रह गरिन् । निर्वाचनको मिति आफैंले घोषणा गर्दा निर्वाचन सम्पन्न गर्न सहज हुने आयोगको तर्क छ ।

उनका अनुसार आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम सुरु गरिसकेको छ । आयोगले निर्वाचन खर्च, निर्वाचन व्यवस्थापनका चुनौतिलगायतका विषयबारे पनि सरकारलाई जानकारी गराएको छ ।