तेक्वान्दोकी काजलले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १७ ।

१३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।

जितपछि उनले भनिन्, ‘यो खुसी म बयान नै गर्न सक्दिनँ । यहाँसम्म आइपुग्न मद्दत गर्ने परिवारका सबै सदस्य र गुरुहरुलाई धन्यवाद भन्न चाहन्छु ।’
(अनलाइनखबरबाट साभार)