तिजको अबसरमा महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गरिदिँदै लाईफ केयर

 

पोखरा, भदौ ५ ।

पोखराको न्युरोडमा रहेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टरले तिजको अबसरमा महिलाहरुलाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने भएको छ । सोहि अबसरमा महिलाहरुलाई रक्त परिक्षण सम्बन्धी अन्य परिक्षणमा पनि ५० प्रतिशत छुट प्रदान गर्ने लाईफ केयरले जनाएको छ ।

तिजकै अबसर पारेर लाईफ केयरले होल वडी चेकअपमा पनि विशेष छुटको व्यबस्था गरेको छ । लाईफ केयरका कार्यकारी प्रमुख शुक्रराज कडेँलका अनुसार अब पोखरेलीले कुनै पनि प्रकारको परिक्षणको लागि काठमाडौँ वा ईण्डिया जानु नपर्ने भएको छ । पोखराको लाईफ केयरमा नै सम्पुर्ण प्रकारको परिक्षण हुने बताईएको छ । करिव २४ सय स्क्वाएर क्षेत्रफलमा रहेको लाईफ केयरमा भदौँको एक गतेवाट १६ गते सम्म महिलाहरुलाई सुगर र युरिक एसिडको रक्त परिक्षणमा निशुल्क र अन्य परिक्षणहरुमा ५० प्रतिशत छुटको व्यबस्था गरेको छ ।

सरदर तिन करोडको लगानी २०७१ माघ १४ गते स्थापना भई खुलेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ बर्गमा सुचिकृत प्रयोगशाला हो । गण्डकी प्रदेशमा नै लाईफ केयर मात्र ‘क’ बर्गमा सुचिकृत प्रयोगशाला हो । दक्ष तथा अनुभवी प्रयोगशाला बिज्ञ तथा चिकित्सकको प्रत्यक्ष निगरानीमा संचालिन प्रयोगशालामा प्याथोलोजी बिभागमा २ जना एम डी गरेका चिकित्सक बायो क्यामेस्ट्रीमा २ जना बिद्याबारीधी र २ जना स्नाकोत्तर गरेका, माईक्रो बायोलोजीमा १ जना बिद्याबारीधी, २ जना स्नाकोत्तर गरेका ६ जना प्रयोगशाला बिज्ञानमा स्नातक गरेका गरि जम्मा २२ जना दक्ष प्राबिधिकहरु संग्लन रहेका छन् ।

सिएम भ्यालोर भारत र बायोकेमिकल संगठन अष्ट्रेलियाको सहकार्यमा गुणस्तर मापन कार्यक्रम पनि लाईफ केयरले संचालन गरिरहेको छ ।

ल्याबमा अन्तरारष्ट्रिय स्तरको अत्याधुनिक र स्वचालित मेसिनको प्रयोगबाट बिभिन्न प्रकारका परिक्षणहरु गरिने लाईफ केयरका कार्यकारी प्रमुख कडेँलले बताए । उनका अनुसार पोखरामा पहिलो पटक क्यान्सर, ईन्फेक्सीएस जस्तै एचआईभी, हेपटाईटिस, डेङ्गु र टिबि, डिएनएको परिक्षण लाईफ केयरमा मात्र हुने गरेको छ ।