टेनिसबल टी—ट्वान्टीमा स्याङजा र बाग्लुङको जित

पोखरा, भदौ २९ ।
स्याङजा युनाईटेड क्रिकेट क्लब र बाग्लुङ क्रिकेट क्लबले लक्ष्मी लाईट हाउस अन्तरक्लबस्तरीय टी—ट्वान्टी टेनिस बल क्रिकेटमाा समान दुई दुई विकेटको जित निकाले । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा अमरसिंह चौरमा बिहीबारको पहिलो खेलमा टस जितेर व्याटिङमा उत्रिएको मोटरसाईकल एशोसिएसनले १८ ओभर खेल्दै ६७ रन बनाउँदै सबै विकेट गुमायो ।
अनिल गुरुङले २५ बलमा१९ रन, जय शर्माले १३ रन तथा ईश्लाम खान र मुखिल यादवले ११—११ रनको योगदान दिए । बलिङ तर्फ रुपेश सिंहले चार ओभरमा चार विकेट लिएपछि एशोसिएसन सस्तैमा आउट हुन पुग्यो । पासिङ पुन र किसन खड्काले पनि समान ३—३ विकेट लिए ।
६८ रनको लक्ष्य पछ्याएको बाग्लुङ क्रिकेट क्लबले दुई विकेट बाँकी छदाँ लक्ष्य पुरा ग¥यो । म्यान अफ दि म्याच रुपेश सिंहले १७ र किसन खड्काले १४ रनको महत्वपूर्ण इनिङ खेले । विपिन खत्रीले चार ओभरमा दुई विकेट लिए । मुखिल यादवको नाममा पनि दुई विकेट लेखियो ।
दोस्रो खेलमा स्याङजा युनाईटेड क्रिकेट क्लबले राईजिङ क्रिकेट क्लबले दिएको ८९ रनको लक्ष्य दुईविकेट बाँकी छदाँ पुरा गर्दै प्रिक्र्वाटरमा आफनो स्थान पक्का ग¥यो । टस जितेर व्याटिङ रोजेको राईजिङ क्रिकेट क्लबले १६ ओभर दुई बल खेल्दै ८८ रन बनाउदाँ सबै विकेट गुमाउन पुग्यो । विनय भण्डारीले २९ बलमा सर्वाधिक ३४ रनको महत्वपूर्ण योगदान रह्यो । प्रदीप धवल र अगेन्द्र छन्त्यालले १३ रन बनाई पवेलियन फर्किए । अपार गैह्रेले, हिमाल गाहा र बिरु तमुले चार ओभर फालेर समान ३—३ विकेट लिन सफल रहे ।
झिनो लक्ष्य प्छयाएको स्याङजाले अशोक श्रेष्ठको २२ रनको योगदानमा विजय लक्ष्य भेट्टायो । प्रदीप ढकालले पनि १२ रनको योगदान महत्वपूर्ण रह्यो । अमन रेग्मीले चार ओभरमा तीन विकेट लिए । खेलमा अपार गैह्रे म्यान अफ दि म्याच घोषित भए ।