झारफुकको बहानामा बालिकाको बलत्कार

रौतहट, असोज ३ ।
प्रहरीले रौतहटमा एकजना १३ वर्षीय बालिकाको झारफुकको बहानामा बलत्कार भएको जनाएको छ । प्रहरीले बिरामी भएकी ती बालिकालाई माधवनारायण नगरपालिका–४ का ४२ वर्षीय सुरेश गिरीले जंगलमा लगेर बलत्कार गरेको जनाएको हो ।

गिरीले मंगलबार राति झारफुक गर्ने बहानामा बालिकालाई एकान्त स्थानमा लगेर जवरजस्ती करणी गरेको खुलेको हो । प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।