चुनावमा एकताबद्ध हुन पूर्वमन्त्री अधिकारीको आग्रह

 

पोखरा, कार्तिक ८ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इन्चार्ज एवम पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न आग्रह गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १७ पार्टी कमिटीद्वारा आज यहाँ आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठुला कम्युष्निट पार्टी एक भई सकेपछि हुन लागेको यो पहिलो चुनावमा एकताको राम्रो सन्देश जानु पर्ने बताए ।

कार्यकता र सिद्धान्तको आधारमा पार्टी एकता भएको उल्लेख गर्दै उनले एकताको औचित्यलाई अभैm पुष्टि गर्नका लागि पनि चुनाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

विकास प्रेमी नेता रविन्द्र अधिकारी जनता माँझ राम्रो भिज्नु भएको चर्चा गर्दै उनले आसन्न निर्वाचनमा उनका अधुरा कामलाई पुरा गर्ने किसिमको जनप्रतिनिधि निर्वाचित हुने धारणा राखे ।

पार्टीले अगाडि सारेको उम्मेवारलाई विजयी बनाउन कार्यकर्ता संगठित र एकतावद्ध भएर लाग्न आग्रह गर्दै उनले निर्वाचनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताए ।

प्रतिनिधि सभाका सांसद समेत रहनु भएका नेता अधिकारीले सरकारले सानातिना भन्दा पनि ठुला र दिर्घकाली प्रभाव पार्ने योजना अगाडि सारेको कारण काम देखिन समय लाग्ने उनको भनाइ थियो ।

संगठन निर्माण र परिचालन बिषयमा प्रशिक्षण दिंदै पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इन्चार्ज भिम कार्कीले कार्यकर्तालाई उत्पादनमा जोड दिंदै राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।

नेकपा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले पार्टीको वर्तमान कार्यदिशा र कार्यभार बिषयमा प्रशिक्षण दिनुभएको कार्यक्रममा पार्टी १७ का अध्यक्ष सुभाष ढुंङ्गाना तथा सचिव इश्वरी लम्सालले मंसीर १४ गते हुने उपनिर्वाचन लक्षित प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए । (रासस)