गण्डकी सरकारको निर्णय–हरेक स्थानीय तहमा बहुउद्देश्यिय सभाहल, सबैमा पार्क (हेर्नुस् बजेट सहित)
पोखरा, कार्तिक १६ ।
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा बहुउद्देश्यीय सभाहल र ब्यवस्थित पार्क निर्माण गर्ने भएको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पार्क र सभाहल निर्माण सम्बन्धि कार्यविधि पारित गरेको छ ।
पहिलो चरणमा ३० वटा गाउँपालिकाामा बहुउद्देश्यीय सभाहल निर्माणका लागि अनुदान दिईने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार गाउँपालिका हालसम्म छनौट भैसकेको छैन ।
‘सबै गाउँपालिकाले केन्द्रमा सभाहल निर्माण गर्नुपर्छ । त्यसकाा लागि सरकारले प्रत्येकलाई ३५ लाखका दरले रकम उपलब्ध गराउँछ, उनले भने–डिजाईन पनि हामीले बनाईदिन्छौं । जग्गा र अन्य ब्यवस्थापन सम्बन्धित गाउँपालिकाले मिलाउनुपर्छ । ३५ लाखको कम्तिमा ४० प्रतिशत रकम गाउँपालिकाले ब्यहोर्नुपर्छ ।’
यसैबीच, सबै स्थानीय तहमा पार्क तथा मनोरञ्ज स्थल निर्माणका लागि पनि आवश्यक प्रक्रिया सुरु भैसकेको छ । प्रत्येक स्थानीय तहमा पुग्ने गरि एक÷एक वटा पार्क तथा मनोरञ्जन स्थल निर्माण गर्न लागिएको बस्नेतले जानकारी दिए । यसका लागि सरकाारले हरेकलाई ३ लाखका दरले अनुदान उपलब्ध गराउनेछ ।
बाँकी रकम स्थानीय तहले नै खोज्नुपर्ने बस्नेत बताउँछन् । कम्तिमा २ रोपनी क्षेत्रफलमा पार्क निर्माण गर्नुपर्ने नीतिगत ब्यवस्था छ । यो काम पनि चालू बर्षभित्रै पूरा गर्ने तयारी छ ।