गण्डकीका मुख्यमन्त्री कांग्रेस केन्द्रिय सदस्य निर्वाचित
पोखरा, पुस ७ ।
कांग्रेस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनले भुगोल अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
कूल ४ हजार ६ सय ६४ मतमध्ये पोखरेलले २ हजार ३ सय ६ मत पाए । उनीसंगै प्रतिस्पर्धा गरेका तनहूँका ध्रुव वाग्ले सबैभन्दा धेरै २ हजार ७ सय २० मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
तर सोही पदमा प्रतिस्र्धा गरेका कास्कीका शोभियत बहादुर अधिकारीले दुई हजार ३४ मत पाएर पराजित भए । यस्तै नेता रेशम बानियाँ पनि १९ सय ८ मत पाएर केन्द्रीयमा पराजित भएका छन् ।