खुकुरीले बाबुको गर्धन रेटेर छोराले गरे हत्या
रुकुम, जेठ ९ ।
पूर्वी रुकुममा आफ्नै छोराले खुकुरीले बाबुकाे गर्धन रेटेर विभत्स हत्या गरेका छन । जिल्लाको भूमे गाउँपालिका–७ दुनावका २० वर्षीय छोरा विराट विकले ४१ वर्षीय बाबु रमान कामीको हत्या गरेका हुन् ।
पूर्वी रुकुमका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक विरबहादुर सुनारले घरयासी विवादका कारण छोराले पछाडीबाट बाबुको गर्धन रेटेर हत्या गरेको र अभियुक्त छोरा फरार भएको जानकारी दिए ।
बाबु रमानको शव केहिबेर अघि मात्र सदरमुकाम रुकुमकोट ल्याइएको उनले बताए । पछाडिबाट खुकुरीले गर्धनमा हान्दा करिव १० इन्च मात्रै छालाको भाग रहेको उनले सुनाए । दुई छोराछोरी मध्ये विराट जेठा छोरा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।