कास्की २ मा समाजवादी पार्टीले धर्मराजलाई उठाउने

पोखरा, कार्तिक १६ ।
बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । समाजवादी पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभासहितका रिक्त स्थानका लागि उम्मेदवार छनोट गरेको हो ।

पार्टीका संघीय अध्यक्ष भट्टराईका अनुसार कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि इन्जिनियर तथा भूपू ब्रिटिस गोर्खा धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साथै, प्रदेशसभाअन्तर्गत तीन स्थानका लागि पनि उम्मेदवार चयन गरेको छ, जसअनुसार बाग्लुङ– २(ख)मा अशोककुमार बिक र दाङ ३ (ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उक्त निर्णय सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले ‘जनतालाई कम्युनिस्ट र कांग्रेसको विकल्प मिल्यो है !’ भन्दै मत पनि मागेका छन् ।