कास्की २ः नेकपालाई ६ हजार मतको अग्रता

पोखरा, मंसिर १५ ।
कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेको छ । ४ वटा वडाको मतगणना सकिँदा करिब ६ हजार मतले नेकपा अगाडी छ ।

विद्या भट्टराईले ५ हजार ९ सय ५० मतको अग्रता लिएकी छिन् । भट्टराईले ११ हजार ८ सय ३६ मत पाएकी छिन् भने काँग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म वडा नम्बर १७, २०, २१ र ३३ को मतगणना सकिएको छ । पछिल्लो मत गणना सकिएको १७ नम्बर वडामा नेकपाले १ हजार ३ सय ६७ मतले काँग्रेसलाई पछि पारेको छ । सबैजसो वडामा पहिले भन्दा बढी मतान्तरले काँग्र्रेस पराजीत भएको छ ।