कास्की प्रहरीका डिएसपी रवीन्द्रको सरुवा, केसी आउने

पोखरा, जेठ १८ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिएसपी रवीन्द्रमान गुरुङको सरुवा भएको छ । लामो समय पोखराका विभिन्न कार्यालयमा कार्यरत उनी हाल कास्की प्रहरीको प्रबक्ताको रुपमा थिए । गुरुङको लमजुङ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ ।

उनको सरुवापछि कास्कीमा राजकुमार केसी आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत थिए ।