कास्कीमा प्रहरीको दादागिरी, पार्किङ बोर्ड अगाडी मोटरसाइकल रोक्दा कारवाही

पोखरा, साउन २१ ।
पोखरा । पोखराको महेन्द्रपुलमा मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच झण्डै हात हालाहालको स्थिती सृजना भएको छ । मोटरसाइकल पार्किङ स्थल भनेर राखिएको बोर्डको अगाडी पार्किङ गरेर राखिएको बाइकमा जिल्ला ट्राफिक कार्यालयबाट खटिएको टोलिले साङ्ला लगाएपछि ट्राफिक प्रहरीसँग बाइक चालक र स्थानीय आक्रोशित भएका छन् ।

 

बाइक पार्किङ लेखेर राखेको बोर्डको अगाडी पार्किङ गरेर राखिएको मोटरसाइकलमा फलामको साङ्ला लगाएर ट्राफिक प्रहरी दादागिरी शैलिमा उत्रीएको भन्दै स्थानीय र सवारी चालकहरु आक्रोशित भएका छन । प्रहरीले आफ्नो हिसाबले मनपरि ढंगबाट चिट काट्न खोजेको आरोप स्थानीयले प्रहरीलाई लगाएका छन । पार्किङ स्थल भनेर राखिएको बोर्डको अगाडी बाइक पार्किङ गर्न नपाउने हो भने कहाँ गर्ने त ? बाइक धनिको प्रश्न रहेको छ ।

 

केही दिन अगाडी पनि प्रहरीको सानो गल्तिले पोखराका १ स्कुटर चालक तथा उनका परिवारका सदस्यलाई जबरजस्ती प्रहरीमाथी हात हालेको भनेर दोषि करार गर्दै बैदाम प्रहरीले थुनामा राखेको थियो । पोखराको सडकमा हरेक दिन ट्राफिक प्रहरी र सवारी चालकबिच यस्ता समस्या हुने गरेका छन् । स्थानीयले कास्की प्रहरी आजभोलि दादागिरी शैलिमा उत्रीएको भन्दै चर्काे आलोचना गरिरहेका छन् । न्यूज 24 नेपालमा उत्तम पौडेलले यो खवर लेखेका हुन् ।