कास्कीको माछापुच्छ्रेबाट बन्दुक सहित २ पक्राउ, योजनाकार फरार

पोखरा, जेठ २८ ।
कास्कीको माछापुच्छ्र्रे गाउँपालिका ४ लाहाचोकबाट अवैध हतियार सहित दुई जना पक्राउ परेका छन् । हतियार लिएर हिडेको सूचना पाएपछि प्रहरी चौकी घाचोकको टोलिे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माछापुच्छ्रे ५ का २९ बर्षिय उदास गुरुङ र सोही ठाउँका २४ बर्षिय गौतम गुरुङ छन् । उनीहरुको झोलामा २ नाले बन्दुक फोल्ड गरी राखेको र ६ राउण्ड गोलि, १ थान चक्कु फेला परेको प्रहरीले जनाएको छ ।

पोखरा १६ दिपका याङतुङ घलेले उनीहरुलाई हतियार पोखरा ल्याउन खटाएका थिए । उनीहरु पक्राउ पर्ने वित्तिकै घले चाहीँ फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भैरहेको छ ।