काँग्रेस कास्कीका सभापति केसी अस्वस्थ

पोखरा, भदौ २० ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी अस्वस्थ भएका छन् ।

सभापति केसीको आज नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया गरिएको उनका छोरा सरोज केसीले जानकारी दिए ।

विगत लामो समयदेखि पिसाव नलीमा समस्या देखिएपछि काँग्रेस नेता केसीलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

नेता केसीकोे वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले सफल शल्यक्रिया गरेका हुन् । पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीलाई अझै ४ दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डा. गुरुङले बताए ।

केसीको स्वास्थ्य लाभको लागि अस्पतालमा काँग्रेस कार्यकर्ता र शुभचिन्तकको भीड लागेको छ ।