एपीएफ टिम ‘ए’ उपाधि नजिक

 

पोखरा, भदौ २० ।

पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिता अन्र्तगत विभागिय टोली एपीएफ टिम ‘ए’ फाईनलमा प्रबेश गरेको छ ।

नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ टिम ‘ए’ ले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २२–२५, २५–१७ र २५–१५ को सेटले पराजित गर्दै फाईनल प्रबेश गरेको हो । उक्त खेलबाट पोखरा भलिबल ट्रेनिङ सेन्टरका रामचन्द्र बिक म्यान अफ द म्याच घोषित भएका छन् ।

गलकोट क्लब बाग्लुङ र एपीएफ ‘बी’ बिच भएको अर्काे सेमिफाईनल खेल समय अभावका कारण रद्द हुन पुगेको भन्दै खेल संयोजक अनिल गुरुङले उक्त खेल शनिबार बिहान ठिक ७ बजे हुने बताएका छन् । उनका अुनसार सो खेलमा २ सेट एपीएफले र १ सेट बाग्लुङले हाप पारेको थियो ।

त्यस्तै महिला तर्फ टिजी गर्ल र दोबा समाज उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलबाट लालीगँुरास पुन समाज लामाचौर ‘ए’ लाई टिजी गर्लले २५–११, २५–२२ र २५–५ को सोझो सेटमा पराजित ग¥यो ।

यसैगरी दोस्रो सेमिफाईनल खेलमा लालीगँुरास पुन समाज लामाचौर ‘बि’ लाई दोबा समाजले २५–१३, २५–२२ र २५–२२ को सोझो सेट सहित हराउँदै फाईलनमा टिजी गर्लको निम्तो पायो । उनीहरुले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

यस अघि भेट्रान्स तर्फ घान्दु्रकलाई हराउदै अर्चलबोट युनाईटेड र घारीपाटन भेट्रान्सलाई पराजित गर्दै लालीगुँरास पुन समाज लामाचौर फाईनलमा प्रबेश गरिसकेको संयोजक गुरुङले बताए ।
प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने गुरुङले बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए ।

उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा को फाईनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।