एकैदिन तीनवटा विधेयक पारित

पोखरा, असार २४ ।
गण्डकी प्रदेशको तीनवटा विधेयक एकैदिन पारित भएको छ । प्रदेश आकस्मिक कोष सञ्चालन ऐन, खोपसेवा सञ्चालन ऐन र स्थानीय तह सभा सञ्चालन ऐन पारित गरिएको हो ।

प्रदेशमा आईपर्ने आकस्मिक समस्यालाई सम्बोधन गर्न सरकारले सञ्चित कोषमा १ करोड रुपैयाँ राखेको छ । बाढी पहिरो तथा अन्य प्राकृतिक विपत्तिका बेला तत्काल राहत उपलब्ध गराउन यो कोष चलाईनेछ ।

यस्तै विभिन्न रोगको उन्मुलन र नियन्त्रणका लागि आवश्यक पर्ने उपचार र खोपका लागि खोप विधेयक ल्याईएको हो । स्थानीय तहको सभा सञ्चालनमा सघाउने गरी स्थानीय तह सभा सञ्चालन ऐन पनि पारित भएको छ ।