अधिकारी बने प्रदेश ४ को सभामुख (फोटो फिचर)

पोखरा, फागुन ३ ।
प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ । विहिबार भएको बैठकमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले अधिकारीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । बैठकमा माओबादीका संसदीय दलका नेता तथा सांसद हरिबहादुर चुमानको प्रश्तावलाई एमाले प्रदेश ४ का संयोजक तथा निर्वाचित प्रदेशसभा सांसद किरण गुरुङले समर्थन गरेपछि जेष्ठ सदस्यले सभामुखको रुपमा निर्वाचित भएको घोषणा गरेका थिए ।
अधिकारीलाई माओबादी र एमालेका ३९ सांसदको समर्थन थियो । बुधबार भएको मनोनयन दर्तामा अधिकारीको मात्रै उम्मेदवारी परेपछि विहिबारको बैठकले निर्विरोध निर्वाचित गरेको हो । यसैबीच, बैठकले उपसभामुखको चुनाव फागुन ६ गते हुने निर्णय गरेको छ । प्रदेशसभा बैठकमा जेष्ठ सदस्यले प्रदेश प्रमुखबाट प्राप्त मुख्यमन्त्री नियुक्तीको पत्र पढेर सुनाएपछि ताली बजाएर त्यसको समर्थन गरिएको थियो । सभामुख र मुख्यमन्त्रीलाई शुक्रबार विहान १० बजे प्रदेश प्रमुखको निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।