सार्वजनिक कार्यक्रममा मन्त्रीमाथि दुब्र्यवहार, विरोध छलेर क्वार्टरमा फर्किए लालबाबु
काठमाण्डौं, असार २९ ।
स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासीरजनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्व्जिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन शुक्रवार ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितविरुद्ध आदिवासी जनजाति युवा तथा विद्यार्थीले बैठकस्थलमै नाराबाजी गरेका हुन् ।
त्यसक्रममा कालोझण्डा देखाउँदै भएको हुलदंगाका कारण मन्त्री पण्डित बैठकमा सहभागी नभई फर्किएका छन् । बैठक समेत स्थगित भएको छ । मन्त्री पण्डित पुल्चोकस्थित मन्त्री क्वार्टरमा फर्किएको जावलाखेल प्रहरीले पुष्टि र्गयो ।
लोक सेवाले ९ हजार १ सय ६१ पदका लागि खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको भन्दै विरोध हुँदै आएको छ । त्यस सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगले तीव्र ढंगले परीक्षाको तयारी गरिरहेको छ । पहिलो चरणको परीक्षा यही साउन ३ गतेबाट शुरू हुँदैछ ।
Lokaantar