सबै धर्मलाई सँधै सम्मान गर्छु : विद्या

 

पोखरा, मंसिर ३ ।

नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र संस्कारलाई साधै सम्मान गर्ने बताएकी हुन् । रवीन्द्र सँधै धर्म र संस्कृतिको पक्षपाती भई त्यसको सुधारमा लगोको र आफूपनि उनको अनुयायी भएकाले त्यसप्रति सदैव सम्मान गर्नेगरेको उनको भनाई थियो । धर्म र संस्कृति समाजका अविछिन्न पाटाहरु हुन्, ‘उनले भनिन्, ‘तर यो समयसापेक्ष रुपमा परिमार्जित गर्न जरुरी छ ।’ सो अवसरमा उनले गुप्तेश्वर महादेवमणी मन्दिरमा चलिरहेको अखण्ड भजन किर्तनमा सहभागि भई भक्तजनसँगै नाच्दै मत मागेकी थिइन् ।

घरदैलोका क्रममा उम्मेद्वार विद्या भट्टराई अधिकारीले मुक्तिनाथ विकास वैंकमा सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) बुझ्न लामबद्ध बृद्धबृद्धाहरुसँग पनि मत मागिन् । उनले आगामी दिनमापनि पार्टीसँग भनेर बृद्धभत्ता बढाउने प्रतिबद्धता जनाइन् । सो अवसरमा बृद्धभत्ता बुझिरहेका बृद्ध बुबाआमाहरुले आफूलाई बृद्धभत्ता दिएर बाँच्ने आधार निर्माण गर्ने नेकपालाई नै यसपटक जिताउनका लागि विद्यालाई मतदान गर्ने बताएका थिए ।

यसैबीच, छोरेपाटनमा आयोजित कोणसभामा बोल्दै नेकपाकी युवा नेतृ नवीना लामाले उम्मेद्वार विद्या सक्षम, योग्य र प्राज्ञिक व्यक्ति भएकाले उनी महिलाहरुको धरोहरको रुपमा रहेकाले महिलाको हक, अधिकार सुरक्षित गर्नका लागिपनि विद्यालाई जिताउनैपर्ने बताइन् ।

प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता तिलक महतले सच्चा राष्ट्रबादी शक्ति नेकपा भएको बताए । उनले देशको सिमाना नेकपाबाहेक अन्य कुनैपनि शक्तिले नसक्ने भएकाले सीमाना रक्षाका लागि नेकपालाई जिताउनुपर्ने बताए ।

छोरेपाटनमा आयोजित कोणसभामा कांग्रेससहित विभिन्न दलका ४५ भन्दा बढी व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् ।

यसैबीच, पोखरा वडा नम्बर ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन समिति गठन भएको छ । नेकपा उम्मेद्वार विद्यालाई जिताउन राजकुमारी भुजेल ईञ्चार्ज र भक्त तामाङ संयोजक रहनेगरी ५१ सदस्यीय समिति बनेको हो । समितिले आदिवासी जनजातिको हक, अधिकार रक्षाका लागि विद्यालाई जिताउन अपिल गरेको छ ।

पोखरा २१ निर्मलपोखरीमा पनि नेकपाको घरदैलो जारी रहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिउ । उनका अनुसार निर्मलपोखरीको चिलाउने खर्क, बाँसपानी, महबारी, थाप्ले तिलाहार, फोक्सिङ, शिवालय क्षेत्रमा घरदैलो गर्दै अहिले कृष्तीको रातामाटा, पोखरेलथोक क्षेत्रमा घरदैलो जारी रहेको छ ।