विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो

काठमाडौँ, फागुन २८।
यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ।
स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।
विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ।
थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंका अशिस रंजित र दिनेश हुमागाईको उपचार भइहरहेको छ।
उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकाहरु गम्भिर रहेको त्यहाँ रहेका हाम्रा संवाददाताले उल्लेख गरेका छन्। अधिकांश बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।