लायन्सद्वारा विद्यालयमा शुद्ध खानेपानी सहितको ट्यांकी हस्तान्तरण

पोखरा, असोज ७ ।
पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्ध मा.वी मा शुद्ध खानेपानी सहितको ट्यांकी हस्तान्तरण भएको छ ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड विद्यालय यू.के.को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप निर्माण गरिएको ट्यांकी २ लाख १२ हजार लागतमा निर्माण सम्पन्न भएको छ ।
मंगलवार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुव बहादुर थापाले शुद्व खानेपानी सहितको अण्डरग्राउण्ड ट्यांकी हस्तान्तरण गरेका छन् ।
खानेपानी ट्यांकी हस्तान्तरण गर्दै प्रमुख अतिथि थापाले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उद्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा पु–याएको सहयोग निकै सह्रानिय रहेको बताए । खानेपानी प्रोजेक्ट ल्याउन सफल लायन्स लिडर सोनाम स्याङपो समग्र लायन्सहरुले गौरव गर्नुपर्ने व्यक्ति रहेको बताए ।
पोखरा महानगरपालिका वड़ा नं १५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक विद्यालयले सोचे किसिमको प्रतिफल दिन नसकेको यथार्थता प्रस्तुत गर्दै विद्यालयका र विद्यार्थीका समस्यालाई लायन्ससँग जोडीएर धेरै समस्या हल भएको जोड दिँदै छात्रबृति देखि शैक्षिक सामग्री वितरणले लक्षित वर्गका विद्यार्थीहरुको न्युनतम आवश्यकता पूर्ति गरेको बताए ।
त्यस्तै वड़ा नं ३ का वडाध्यक्ष एवं लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रविंसन प्रजुले सामाजिक र मानविय सेवाका कार्यमा लायन्स अग्रस्थानमा रहेको बताए ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित शिद्व मा.वि.को खानेपानी ट्यांकी २२ औँ रहेको १ वटा बिद्यालयमा उद्घाटनको तयारीमा रहेको जानकारी दिँदै अन्य सरकारी स्कूललाई आवश्यकता छ भने उपलब्ध गराउन सकिने समेत जानकारी दिए ।
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारी र शिद्व मा.वि.का प्रधानाध्यापक गुरुदत्त कोईरालाले खानेपानी ट्यांकी निर्माणको स्वागत गर्दै लायन्स क्लब र बिदेशी विद्यार्थीहरुले यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन आर्थिक सहयोग र लायन्स क्लबले संयोजन गरेकोमा खÞुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, पिस टाउनका निवर्तमान अध्यक्ष डा. विनीता शर्मा, तृतीय उपाध्यक्ष सीता तिमिल्सिना लगायतले आ–आफÞनो भनाई राखेका थिए ।
सो कार्यक्रममा जोन चेयरपर्सनद्वय बुद्व बहादुर उदास, साल्वी बास्तोला, दुवै क्लबका पूर्व अध्यक्ष एवं क्लब पदाधिकारीको उल्लेख्य सहभागिता रहेको थियो ।