यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार श्रेष्ठलाई

पोखरा, भदौ २० ।
यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सन्देश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार नागरिक राष्ट्रिय दैनिक, आर्थिक आवाज र रेडियो अन्नपूर्णमा आवद्ध श्रेष्ठलाई क्लवको २१ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते प्रदान गरिने भएको छ ।
उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको छ । यस अघि उक्त पुरस्कारको राषि १५ हजार ५ सय ५५ रहेकोमा यस बर्षदेखि उक्त पुरस्कारको राषि बृद्धि भएको क्लवका महासचिव विश्वराज बरालल बताए । झापा घर भएका श्रेष्ठले २०६१ साल देखि पोखरामा पत्रकारिता गर्दै अएका छन् भने यस अघि विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन् ।
क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा बिहीबार बजेको बैठकले प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई अनुमोदन गरेको हो । क्लवका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा नौ सदस्य प्रतिभा छनौट समिति गठन भएको थियो ।
प्रतिभा छनौट समितिको अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, क्षेत्रिय फुटवल संघका पूर्व अध्यक्ष खेमबहादुर गुरुङ, सहारा क्लका पूर्व अध्यक्षहरु बिक्रम थकाली, विरभद्र आचार्य, अध्यक्ष केशव बहादुर थापा र महासचिव केशवराज बराल रहेका थिए ।
खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पु¥याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बाषिकोत्सवमा सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यसअघि, कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल सम्मानित भइसकेका छन् ।