मोटरसाइकलमा प्रदेशको नम्बर प्लेट राखिने
काठमाण्डौं, माघ ६ ।
यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ ।
विगतमा अञ्चलको नाममा रहेको मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित ‘लट समुह’ र ‘प’ राखिन्थ्यो ।
निजी गाडीमा भने अन्तिममा ‘च’ सरकारीमा ‘झ’ ट्याक्टरमा ‘त’ र सार्वजनिक गाडीमा ‘ख’ राख्ने गरिएको छ । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।