प्रधानमन्त्रीको सम्बोधन अवरुद्ध नगर्ने काँग्रेसको निर्णय (प्रधानमन्त्रीको कार्यक्रम हेर्नुस्)

पोखरा, साउन २ ।
गण्डकी प्रदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलिले गर्ने सम्बोधन अवरोध नगर्ने काँग्रेसले निर्णय गरेको छ । काँग्रेसले विरोध घोषणा गर्नुपुर्व प्रधानमन्त्रीको सम्बोधन निश्चित भएकोले अवरोध नहुने काँग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले डिएनएलाई जानकारी दिए ।

‘पहिले केन्द्रिय निर्णय पूरै अवरोध गर्ने थियो । पछि प्रधानमन्त्रीको कार्यक्रम चाहीँ अवरुद्ध नगर्ने निर्णय गरेको छ, उनले भने–प्रधानमन्त्रीको सम्बोधन बाहेक सदनमा अरु कुनै पनि कार्यक्रम हुँदैन ।’ कार्यब्यवस्था परामर्श समितिले पनि प्रधानमन्त्रीको सम्बोधन एथावत हुने र भब्य बनाउने जनाएको छ ।

प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको छ । प्रधानमन्त्री ओली विहिबार विहान पोखरा आईपुग्नेछन् । सदनको सम्बोधनसँगै पोखरा अन्तराष्ट्रिय विमानस्थलको अवलोकन, मन्त्रीहरुसँग छलफल र पोखरा विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुने प्रधानमन्त्रीको कार्यक्रम छ ।