प्रदेश ४ को नामाकरण १ महिना पछि सर्यो

पोखरा, बैशाख २० ।
प्रदेश ४ को नामाकरणका लागि तोकिएको म्याद सकिन १ दिन बाँकी हुँदा म्याद थप गर्ने तयारी छ । गएको चैत १२ गते संसदसभाबाट गठन भएको नामाकरण तथा प्रदेश राजधानीबारे सुझाव संकलन समितिले जिल्ला तहबाट सुझाव लिएपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दलले नै आफ्ना धारणा नदिएपछि म्याद थपिएको हो ।

सत्ता घटक एमाले र माओबादी केन्द्रबाट सुझाव सहितको धारणा नआएको समितिका सदस्य हरिशरण आचार्यले बताए । सभाले तोकेको ३० दिनभित्रै प्रतिबेदन बुझाउने कुरा हो । तर सत्तापक्षको धारणा नआएका कारण १० दिन म्याद थप्ने निर्णय भयो, उनले भने–थपिएको म्याद पनि सकियो । अहिलेसम्म पनि सत्तापक्षले सुझाव दिएन । त्यसैले १ महिना म्याद थप गर्ने तयारी छ ।’

सरकारको गैरजिम्मेवारीले नामाकरणको काम लम्बिएको समितिका सदस्यहरु बताउँछन् । ‘प्रदेशको प्रशासनीक लोगो छैन । नाम नभएकोले परिचयपत्र बनाउन कठिन भएको छ, उनीहरु भन्छन्–तर यसमा सत्तापक्ष नै गैरजिम्मेवार भयो । लापरबाहीको चरम नमुना यही हो ।’

समितिका अर्का सदस्य दीपक कोइरालाले चाहीँ बजेटको ब्यस्तताले समयमा नामाकरणको सिफारिस बुझाउन नसकेको बताए । ‘बजेट, नीति तथा कार्यक्रममा लागियो । बैठक बस्ने समय पनि भएन, उनले भने–दलहरुको धारणा लिनुपर्छ । धेरै पटक थप्नुभन्दा एकैपटक महिनादिन थपेर टुंग्याउने भनिएको हो ।’ दलको आधिकारिक धारणा आएपछि नामाकरणबारेको सिफारिस प्रतिवेदन साथ बुझाउने उनलेब ताए ।