प्रदेश सभा लेखनाथमा सार्न सांसदको सुझाव

पोखरा, चैत २२ ।
प्रदेश ४ का सांसदले प्रदेशसभालाई लेखनाथ सार्न प्रश्ताव अघि सारेका छन् । बुधकार प्रदेशसभा बैठकमा दिईएको शून्य समयमा कास्कीका सांसद दीपक कोइरालाले प्रदेशसभा भवन लेखनाथमा सार्न आग्रह गरेका हुन् । हाल सञ्चालनमा आएको भवन महङ्गो र आवश्यक संरचना समेत अपुग भएको भन्दै प्रदेशसभा लेखनाथमा सार्न आग्रह गरे ।
‘महिनामा लाखौं भाडा प्रदेशसभा भवनमै खर्च हुन्छ । मन फुकाएर कोठा प्रयोग गर्न पनि पाईएको छैन, उनले भने–बरु यसलाई लेखनाथमा सारौं । चाहिएको संरचना छ ।’ साविक लेखनाथ नगरपालिकाको भवनलाई प्रदेशसभा बनाउन उनको सुझाव छ । उनले शहरीकरणलाई विकेन्द्रित गर्न पनि प्रदेशसभा भवन लेखनाथमा उपयुक्त भएको उल्लेख गरे ।