प्रदेशसभाका दुई समिति गठन (कुनमा को सहित)

पोखरा, फागुन ७ ।
आईतबारको बैठकले प्रदेशसभा सञ्चालन कार्यब्यवस्था परामर्श समिति गठन गरेको छ । समितिमा संसदको प्रतिनिधित्व गर्ने पाँचै दलबाट प्रतिनिधी तोकिएका छन् । एमालेबाट मायानाथ अधिकारी, काँग्रेसका मणिभद्र शर्मा कँडेल, माओवादीकी गायत्री गुरुङ, जनमोर्चाका कृष्ण थापा र नयाँ शक्तिका हरिशरण आचार्य समितिका सदस्य छन् । समितिले बैठकलाई सुब्यवस्थित ढंगले सञ्चालन गर्नका लागि आवश्यक परामर्श दिन्छ ।
यस्तै प्रदेशसभा नियमावली मस्यौदा समिति पनि प्रदेशसभा बैठकबाटै गठन गरिएको छ । सांसद किरण गुरुङको प्रश्तावनामा कृष्णचन्द्र नेपालीले समर्थन गरी ११ सदस्यीय समिति गठन भएको हो । समितिमा आशा कोइराला, ईन्द्रलाल सापकोटा, ओमकला गौतम, चन्द्रबहादुर बुढा, टेकबहादुर घर्तीमगर, धनमाया लामा पोखरेल, प्रकाशचन्द्र दवाडी, प्रभा कोइराला, विन्दुकुमार थापा, रामजी बराल, विकास लम्साल गरी ११ सदस्य छन् । प्रदेशसभाको अर्को बैठक फागुन २१ गते बस्नेछ ।