प्रदेशको नाम गण्डकी राख्न माग गर्दै ब्यापक प्रदर्शन

पोखरा, जेठ २७ ।
प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ । पोखराको चिप्लेढुंगादेखि प्रदेशसभा सम्म ¥यालिसहित आएको टोलिले अहिले प्रदेशसभाको गेट अगाडी धर्ना सहित नाराबाजी गरिरहेका छन् ।

उनीहरुले जातिय नाम राखे मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । ‘जातिय नाम हामीलाई मान्य छैन । सबैलाई समेटिने गरी नाम राखिनुपर्छ–क्षत्री समाजका अगुवा दिलबहादुर क्षत्रीले भने–गण्डकी नाम सबैलाई मान्य हुन्छ । अरु नाम खोज्नुपर्दैन ।’खस क्षेत्री, आर्य सहित दशनामी समाज, विश्व हिन्दु महासंघ लगायतले संयुक्त प्रदर्शन गरेका हुन् । यसअघि तमुवान–मगरात नाम राख्न जातिय समुदायले प्रर्दशन सहित दवाव दिएपछि खस आर्य समूहले पनि जातिय नाम राख्न नहुने भनि सुझाव दिएको छ ।

समूहले प्रदेशको नाम ‘गण्डकी’ राख्न सिफारिस भएपनि अझैपनि बेइमानी र छलकपट हुनसक्ने भन्दै खबरदारी गरिरहने बताएको छ । क्षत्री समाज नेपालका संस्थापक अध्यक्ष समेत रहेका क्षत्रीले अमुक पार्टीले जातीय पहिचान झल्कने नाममा लविङ गर्न सांसदहरुलाई निर्देशन दिएकाले आफूहरु झस्किएको बताए । उ

नले दलको हृविप र आदेशका भरमा प्रदेशको नाम ‘गण्डकी’ नराखेर जातीय पहिचान झल्कने नाम राखिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । प्रदेशका बहुमत सांसदहरु र प्रदेशवासीले पनि गण्डकी नाम राख्न सुझाव पठाएपछि विन्दुकुमार थापाको संयोजकत्वमा गठित समितिले पहिलो नम्बरमा गण्डकी नाम राख्न सिफारिस गरेको थियो ।