प्रचण्डलाई सुरक्षा दिन ५९ सुरक्षाकर्मी खटिए
काठमाण्डौं, चैत २ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ ।
आफूलाई मारेर समस्या समाधान नहुने धारणा प्रचण्डले बिहीबार एक कार्यक्रममा व्यक्त गरेको थिए । प्रचण्डले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएलगत्तै सरकारले सार्वजनिक जीवनमा रहेको सबै व्यक्ति उपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्थापन गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।
गृहमन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ठ व्यक्तिहरुको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत दिइसकेको समाचार नागरिक दैनिकमा छ । स्रोतका अनुसार प्रचण्डका सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ ।