पोखरामा सुन पसल चोरी, सिसी क्यामेरामा यसरी देखिए चोर (भिडियो सहित)

पोखरा, मंसिर २४ ।
पोखराको रामबजार घलेचोकमा सुनपसल चोरी भएको छ । घलेचोक स्थित कमल सुनचाँदी पसलमा चोरी भएको हो ।

साढे २ तोला सुन, ९ तोलाजति चाँदी र नगद ३ हजार चोरी भएको पसलेले जानकारी दिए । पसलभित्र दुईवटा सिसी क्यामेरा भएपनि चोरले एउटा क्यामेरा काटेको देखिएको छ ।

अर्को क्यामेरा काट्ने मेसो नपाएपछि चोर पूरै क्यामेरामा कैद भएका छन् । चोरीबारे प्रहरीमा उजुरी दिईसकेको पसलेले बताए । प्रहरीले सिसी क्यामेराको फुटेज लगेको छ । घटनाबारे अनुसन्धान भैरहेको रामबजार प्रहरीले जनाएको छ ।

तस्विर र भिडियो–सुदर्शन रञ्जित