पोखरामा प्याराग्लाईडिङ खस्यो, २ जना घाईते

पोखरा, चैत ५ ।
पोखरामा प्याराग्लाईडिङ खस्दा २ विदेशी घाईते भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट चिनियाँ नागरिक ५० बर्षिय ALES WKRIEN र सिंगापुरका ७ बर्षिय YANG GUANG ZE घाईते भएका हुन् । उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । थप अनुसन्धान अघि बढाईएको कास्की प्रहरीले जनाएको छ ।

File Photo