पोखरामा ट्रक र मोटरसाईकल ठोकियो, एकजनाको मृत्यु

पोखरा, जेठ ७ ।
पोखरामा मिनी ट्रक र मोटरसाईकल जुध्दा एकजनाको मृत्यु भएको छ । लेखनाथ स्थित आदर्शचोकमा ग १ ख ३४१६ नम्बरको मिनी ट्रक र ग १३ प २६६० को मोटरसाईकल जुधेका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक पोखरा १४ खाल्टे बस्ने २७ बर्षका श्याम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।