पोखरामा एकजना मृत

पोखरा १४ मझेरीपाटनमा एक पुरुषको मृत्यु भएको छ । स्थानीय तारा श्रेष्ठको घरको सटरमा बसेर रामबजारका रुद्र पुनको बङ्गुर फारममा काम गर्ने गोर्खालीको नामले चिनिने अन्दाजी ७० बर्षिय पुरुषको मृत्यु भएको हो ।

अचानक मुटु दुखेको भनि ढलेपछि उनलाई उपचारका लागि क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल पु¥याउने वित्तिकै उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।