पोखराको बम विस्फोट–घाईते भएका सैनिकलाई काठमाण्डौं पठाईयो
पोखरा, बैशाख ५ ।
नेत्रविक्रम चन्द्र विप्लव समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । नदिपुर स्थित प्रदेशसभा भवन नजिकै राखिएको डेटोनेटर पड्किएर कालिभञ्जन गणका नायक धर्मबहादुर घाईते भएका थिए ।
उनको हातमा ठूलो चोट लागेको थियो । उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
विप्लव समूहले आज पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा सो बम राखेको थियो ।