पोखराका मेयर भन्छन्–शुद्ध पानी बेचेर बर्षमै अर्ब राजश्व उठाउछौं

पोखरा, साउन २८ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा खानेपानी संस्थान चलाएर बर्षेनी १ अर्व रुपैयाँ राजश्व संकलन गर्ने उद्घोष गरेका छन् । उनले खानेपानी संस्थान महानगरको जिम्मा लगाईदिन सरकारसँग माग पनि गरे ।

‘खानेपानीको राजश्व सबै सरकारलाई पठाउँदा ब्यवस्थापन कमजोर भयो, उनले भने–संस्थान महानगरको जिम्मामा दिनुस् । २ बर्षभित्र शुद्ध पानी बेचेर बर्षेनी अर्व राजश्व उठाउछौं ।’

पोखरा खानेपनी शुद्धिकरण अभियान अन्तर्गत मर्दी र सेतीको दोभानमा निर्माण गरिएको शवदहन गृह हस्तान्तरण कार्यक्रममा उनले खानेपानी मन्त्री विना मगरसँग संस्थानको जिम्मा महानगरलाई दिनुपर्ने माग राखे ।