नेपाल आईडलको शक्रबार पोखरामा अडिसन
पोखरा, वैशाख १३ ।
नेपाल आईडल सिजन २ को शुक्रबार पोखरामा अडिसन हुदैँ छ । पोखराको पहिलो अडिसन शुक्रबार जनप्रिय उच्च माध्यमिक विद्यालयमा विहान ८ बनेदेखि अपराह्न ४ बजेसम्म हुने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । दोस्रो अडिसन वैशाख १५ गते शनिबार होटल माउण्ट कैलाशमा हुने नेपाल आईडलका प्रोजेक्ट हेड तथा डाईरेक्टर सुरेश पौडेलले जानकारी दिए ।
नेपाल आईडलको रजिष्ट्रेसन फर्म अडिसन स्थानमा निःशुल्क उपलब्ध हुने छ । रजिष्ट्रसन फर्म भर्ने समय कम लागोस् भन्ने चाहना भएमा अडिसन स्थलबाहिर बिक्रिीमा राखेको अन्नपूर्ण दनिकमा छापिएको फर्म भरेर गेट बाहिरै समेत तयार गर्न सकिने जनाइएको छ । अडिसनमा कुनै एक ठाउँमा असफल भएमा अर्को ठाउँमा पुनः अडिसन दिन सकिने छ । नेपाल आईडलमा नेपालीका साथै नेपाल भित्र बालिने हरेक भाषामा अडिसन दिन पाईने छ तर निर्णायकले आवश्यक देखेमा नेपाली भाषामा पनि अडिसन दिन तयार हुनुपर्ने निर्णायक पक्षले जनाएको छ ।
अडिसनका लागि म्यूजिक ट्रयाक चाहिन्न, अडिसनमा प्रतियोगीको स्वरमात्र परिक्षण गरिने हो तर मागेको खण्डमा किबोर्ड वा गिटारमा निर्णायकले कर्ड दिन सक्नेछन् भने आफ्नो सजिलोको लागि प्रतियोगीले आफूसँग वाद्य उपकरण पनि ल्याउन सक्ने आयोजकले बताएको छ । नेपाल आईडलमा १६ देखि ३० वर्ष सम्मका उमेर समुहका जो कोहीले पनि सहभागीता जनाउन पाउँने छन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक÷गायिका समेत प्रतियोगीतामा सहभागीता जनाउन पाउने तर कुनै सहभागीता जनाउने वर्ष कुनै पनि म्यूजिक कम्पनीसँग अनुबन्धित नभएको हुनुपर्ने आयोजकले जनाएको छ । यसअघि भैरहवा, धनगढी, बीरगन्ज, हेटौडा र धरानमा अडिसन सम्पन्न भैसकेको छ ।



 
				                                     
				                                     
				                                     
				                                     
				                                     
				                                    