दाङमा नेकपाकी विमलाको अग्रता बढ्यो

 

काठमाडौं, मंसिर १५ ।

प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता बढाएको छ ।

बबई र तुलसीपुको १ र २ वडाको ६ हजार ९४३ मत गणना हुँदा नेकपाकी विमला कुमारी खत्रीले एक हजार ७७ मतले लिड गरेकी छन् ।

विमलाले ३ हजार ९१३ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले २ हजार ८३६ मत ल्याएका छन् ।

यस्तै, राप्रपाका भुपाल रावतले २७, साझा पार्टीका शिवकुमार चौधरीले २६, समाजवादीका डिल्लीबहादुर डांगी र राप्रपा संयुक्तका छोटिलाल थारुले १३र१३ मत मंगोल अर्गनाइजेशनका घनश्याम चौधरीले ८, नेमकिपाका सुरेश परियारले ५, मालेका हरिप्रसाद डांगीले ४ मत पाएका छन् ।

अन्य पाँच जना उम्मेदवारहरुले भने अहिलेसम्म १ मत पनि पाएका छैनन् ।

यो क्षेत्रमा तत्कालीन एमालेबाट विजयी भएका उत्तरकुमार ओलीको दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।

(अनलाइनखबरबाट साभार)