दयालु दवाडी–आमा समूहको भवन बनाउन १ लाख सहयोग

पोखरा, मंसिर २१ ।
सहयोग चाहियो भने पहिलो फोन आउँछ प्रकाशचन्द्र दवाडीलाई । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित नेपाली काँग्रेसका नेता दवाडीले सांसद बन्नुभन्दा धेरै पहिलेदेखि यसैगरि सहयोग गर्दै आएका छन् ।

अहिले त उनी त्यस क्षेत्रको अभिभावक र जनप्रतिनिधि पनि भएका छन् । केही नहुँदा त सहयोग गर्ने दवाडीलाई अभिभावक नै बनेपछि सहयोगका लागि फोन नआउने त कुरै छैन । विहिबार दवाडीले स्थानीय आमा समूहलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

अजिरकोट गाउँपालिका ५ मुच्चोक स्थित अरिडाँडा आमा समूहको भवन निर्माण गर्न दवाडीले सहयोग गरेका हुन् । प्रदेश सभामा निर्वाचित भएपछि आफुले पाएको सेवा सुविधा गाउँको सेवामा खर्च गर्ने बचन दिएका उनले सरकारी सुविधा उपभोग आँफैले गर्दैनन् ।

सरकारले दिने तलव र भत्ता समेत दवाडीले आफ्नो निर्वाचन क्षेत्रको स्कुल, आमा समूह, खानेपानी, बिद्युत लगायत क्षेत्रमा लगानी गरेका छन् । विहिबार भवन निर्माण समितिका सदस्य मखबहादुर गुरुङलाई रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै उनले गोरखाको विकासका लागि आफु सदैव लाग्ने प्रतिवद्धता दोहो¥याएका छन् ।