घातक रोग लागे ५० लाखसम्म निशुल्क उपचार, ज्योती लाईफले पोखरामा घोषणा गर्दै
पोखरा, जेठ ८ ।
ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले ३५ वटा घातक रोगहरुमा ५० लाखसम्म निशुल्क उपचार गराउने भएको छ । नेपालमै पहिलो पटक ज्योती लाईफले सर्वाधिक घातक रोगहरुको उपचार गर्न ५० लाखसम्मको आर्थिक जोखिम सुरक्षा दिन लागेको हो ।
यसअघि ११ वटा रोगको मात्रै विमा गर्दै आएको कम्पनीले त्यसलाई बढाएर ३५ वटा पुर्याएको हो । कम्पनीका अनुसार यो योजनामा ऐच्छिक सुविधा स्वरुप लिन सकिनेछ । यस योजना अन्तर्गत बीमालेख खरिद गर्ने कुनैपनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले बताए ।
यही योजनाको विहिबार पोखराबाट पनि सार्वजनिक गर्ने कार्यक्रम छ । उनले आगामि दिनमा अझ आकर्षक तथा प्रतिफलमूलक बीमा योजनाहरु जारी गर्ने बताए ।