गण्डकी प्रदेश–प्रधानमन्त्रीको सम्बोधनमा काँग्रेसले अवरोध गर्ने

पोखरा, साउन २ ।
विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामा अवरोध गर्ने बताएको छ ।

केन्द्रिय समितिकै निर्णय अनुसार कुनैपनि बैठक सञ्चालन गर्न नदिने काँग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । ‘केन्द्रकै निर्णय अनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराईसकिएको छ, उनले भने–विहिबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’

प्रदेशसभा सचिवालयले चाहीँ प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाईसकेको छ । काँग्रेसले विहिबार हुने सातै प्रदेशको प्रदेशसभा बैठक, प्रतिनिधीसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।