दुई महिनामै फेरिए गण्डकी प्रदेशका सचिव, लक्ष्मीराज पौडेल आउने

पोखरा, भदौ १२ ।
गण्डकी प्रदेशका सचिव फेरिएका छन् । २ महिनामै यो प्रदेशको सचिव फेरिएको हो । नयाँ सचिवको रुपमा प्रदेश नम्बर ७ का सचिव लक्ष्मीराज पौडेल पोखरा आउने भएका छन् ।

यहाँ कार्यरत नारायण प्रसाद विडारी चाहीँ प्रदेश नम्बर ७ को सचिवको रुपमा जाने भएका छन् । सरकारले सहसचिव तहका अधिकृतलाई प्रदेशको सचिवको रुपमा खटाउने गर्छ ।

सचिव चाहीँ प्रदेश सरकारले चलाउन नपाउने ब्यवस्था छ । यसरी छिटोछिटो सचिव सरुवा गर्दा काममा बाधा पुग्ने मन्त्रीहरु बताउँछन् ।