गण्डकीकी सांसद गुरुङको प्रश्न–घिरिङका बलात्कारी वडाध्यक्षलाई कारबाही किन भएन ?

पोखरा, भदौ ३१ ।
पाँच महिना अघि बलात्कारको आरोप लागेका तनहुँका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई कारबाही नभएको भन्दै गण्डकी प्रदेशसभामा प्रश्न उठेको छ । सांसद सरिता गुरुङले राज्यशक्तिकै आडमा वडाध्यक्षलाई जोगाउने प्रयास गरिएको भन्दै तत्काल पक्राउ गरि कडा कारबाहीको माग गरिन् ।

‘घटना भएको यति लामो समय भैसक्यो । पीडकले उजुरी दिँदा पनि आरोपी पक्राउ परेका छैनन्, उनले भनिन्–राज्यशक्तिको आडमा अपराध लुकाउने काम भयो । तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याईयोस् ।’ उनले केही समयअघि पनि संसदमा गुनासो राखेकी थिईन् ।