किशोरीलाई ‘वलात्कार’ गर्दागर्दै एकजना पक्राउ

पर्सा, जेठ ८ ।
बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् ।