कास्कीमा खेमराजलाई साढे ११ सय मतले पछि पारिन विद्याले

पोखरा, मंसिर १५ ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो मतपरिणामले नेकपालाई अघि देखाएको छ । नेकपा उम्मेदवार विद्या भट्टराई काँगेसभन्दा १ हजा १ सय ६५ मतान्तरले अघि बढेकी हुन् । यो वडा नम्बर ३३ को मतगणना हो ।

५ हजार ६ सय ४३ मत खसेको यो वडामा भट्टराईले ३ हजार २ सय ७६ मत पाएको छ भने काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेका छन् । नेकपा उम्मेदवार विद्या भट्टराईले यही वडाबाट मतदान गरेकी थिईन् । उनी ३३ नम्बर वडाकी मतदाता हुन् ।