कांग्रेससँग मुद्दाका आधारमा सहकार्य : बाबुराम भट्टराई

 

काठमाडौं, पुस ९ ।

सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य गरिने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य गरिने उनले बताउका हुन् । पहिचानमा आधारित संघीयता र प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली स्थापित गर्न सडक र सदनबाट संघर्ष गर्ने पनि उनले सुनाए ।

सभामुख चयन प्रक्रियामा समाजवादी पार्टीको लोभ नरहेको भन्दै नेकपासँग बहुमत रहेकाले आफुहरुको आकांक्षा नभएको उनले बताए ।

मंगलबार मात्र समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं कानुन न्याय तथा संसदीय मन्त्री र मोहम्मद इस्तियाक राईले शहरी विकास मन्त्रीबाट राजिनामा दिएका थिए ।(ईमेजखबरबाट साभार)