काँग्रेस र नेकपा बाहेक कसैले जोगाएनन् जमानत, बदरमत भन्दा अधिकांश उम्मेदवारका मत कम

पोखरा, मंसिर १६ ।
६ सय मत बदर भएको यो क्षेत्रमा उम्मेदवारले सम्मानजनक उपस्थिति पनि देखाउन सकेनन् । प्रतिश्पर्धामा रहेका १६ उम्मेदवारको मत बदरभन्दा पनि नकै न्यून भयो । नेशनल मंगोल अर्गनाइजेसनका रियाज गुरुङले १ सय ३८ मत पाएका थिए । बदरमत भेट्नका लागि उनी सबैभन्दा निकटतम प्रतिश्पर्धी हुन् । नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी ५१, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गंगा मल्ल ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना ३५, नेपाली कांग्रेस (विपी) का चन्द्रबहादुर रानाभाट २८, र देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले ११ मत ल्याए । उनीहरुले बदर मतलाई पनि जित्न सकेनन् ।

१० स्वतन्त्र उम्मेदवार रहेको यहाँ कसैले पनि १ सय मत कटाएनन् । स्वतन्त्रमा कमलजंग कुँवरले ६१, विवेकशीलको समर्थनमा जमुना शर्माले ७७ मत, दीपक रेग्मीले ५, नवराज बास्तोलाले १८, रनबहादुर दमैले ४, लक्ष्मी कुमारी भूजेलले ४, सुनिल बहादुर कोइरालाले ११ र सुनिल भूषालले ४ मत ल्याए । उमनाथ गौतम र यज्ञप्रसाद पंगेनीले समान १ मत ल्याए । उनीहरुले आफ्नै प्रश्तावक र समर्थकको मत समेत पाउन सकेनन् ।

चुनावमा सहभागी भएका २१ मध्ये १९ उम्मेदवारले जमानत पनि जोगाउन सकेनन् । निर्वाचन आयोगका अनुसार राजनीतिक दलको मान्यता पाउन खसेको मतको तीन प्रतिशत ल्याउनैपर्छ । यस मानेमा बाँकी उमेदवारले जमानत जोगाउन सकेनन् । निर्वाचन ऐनमा जम्मा खसेको मतको १० प्रतिशत नकटाउने उमेदवारको जमानत जफत हुने ब्यवस्था छ । यहाँका २१ उमेदवारमध्ये १९ जना उमेदवारले नियमले तोकेजति मत ल्याउन सकेनन् ।