कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता छैन् :वरिष्ठ नेता पौडेल

 

बाग्लुङ, मंसिर ८ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

आइतबार बागलुङको निशीखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता नभएको टिप्पणी गरे ।

नेता पौडेलले विकासको लागि प्रतिपक्षबाट राम्रो सहयोग हुँदा पनि सरकारले विकासका काम गर्न नसकेको बताए । (ईमेजखबरबाट साभार)