आहा कति राम्रो पोखराको सडक ! (हेर्नुस् जीरो-हल्लनचोक दृष्य)

पोखरा, साउन १८ ।
पोखरा प्राकृतीक रुपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन् । पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ । देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखरा बासी लागि परेका हुन् ।पछिल्लो समय सडक फराकीलो बनाउदा सडक विचमा रहेको डिभाइडरमा पनि हरियाली भरेर चिटिक्क पारेका छन् भने सडकको दुबै छेउमा रुख रोपेर चौतारा निमार्णको अभियान पनि अगाडी बढाएका छन् । पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्मको दुई किलोमिटर नमुना सडक बनेको छ । पैतल यात्रुहरुलाई बस्नका लागि सुविधा दिने उद्देश्यले नेपाली मौलिक रुपमा चौतारा बनाएको शान्तिनगर बुलौदी हरियाली उपभोक्ता समुहका अध्यक्ष ठाकुर बरालले बताए ।पोखरा ५, ६ र ७ वडामा पर्ने यो सडक पेटिको छेउमा अहिले सम्म ३४ वटा चौताराहरु निमार्ण भइसेका छन् । निमार्णका लागि आमा समुह, युवाक्लब, स्थानीय सबैले सहयोग गरेका छन् । सडक डिभाइडरको विचमा सोलार बत्तिले रातीमा झलमल बनाएको छ भने दुबो र धुपिले सबैको मनलाई प्रफुल्लीत बताएको छ । सडकको विचमा भएको हरियो दुबो र धुपिका विरुवाले कंक्रिट शहर हेरेर दिक्क भएकाको मन बहलाउदै सडक पार गर्ने गरेका छन् ।  फुलहरु रोप्दा गाई भैसीले खाने भएपछि धुपि र दुबो रोपेको पोखरा महानगर पालिका वडानम्बर ७ का अध्यक्ष रामचन्द्र बरालले बताए । उनले सधै हरियाली दिने छाउनका लागि रोपेको बताए । सबै विरुवाको रेखदेख र संरक्षण गर्न यस्तै राख्न चुनौती पुर्ण भएको अध्यक्ष बरालले बताए ।उनले विरुवाको संरक्षणका लागि सिसिक्यामेरा राख्ने योजना रहेको सुनाए । सडकको छेउमा लगाइएका रुख विरुवाले गर्मीमा सितलता दिएको छ । यो सडकमा गाडी वा हिड्डुल गर्दा पहिलो पटक आउनेलाई कतै विदेश त आइन भन्ने भान हुन्छ र भन्छन् आहा कति राम्रो । पोखरा महानगरपालिकाको करिब १० लाख र स्थानीयको करिब ५ लाख गरी यो क्षेत्रलाई नमुना क्षेत्र बताएका छन् । यस्तो अभियानले पोखरालाई अझै राम्रो र सुन्दर देखीको छ । अन्यत्र पनि यस्तै सिको गर्नेकी ?